arrow

'चौंलागाइको निधनले पार्टीले असल नेता र दोलखाबासीले इमान्दार जनप्रतिनिधि गुमाए'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
pashupati chaulagain-uml.jpg

काठमाडौं । नेकपा एमाले नेता एवं बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख ब्यक्त गरेका छन् ।

बुधबार एक शोक वक्तब्य जारी गर्दै उनले चौंलागाइको निधनले पार्टीले एक असल र निष्ठावान नेता गुमाउनु परेको र दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको उल्लेख गरेका छन् ।

शोक बक्तब्यमा भनिएको छ,‘भद्र, शालीन, मिलनसार छवी बनाउनुभएका कमरेड पशुपति चौंलागाइले नेकपा एमालेको केन्द्रीय कमिटि सदस्य, तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष, प्रतिनिधि सभा सदस्य र संविधानसभाका सदस्यका रुपमा समेत जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुभएको थियो ।’

‘नेकपा एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशिल आन्दोलन, समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पुर्याउनुभएको योगदानलाई पार्टीले सँधै स्मरण गर्नेछ,’ बक्तब्यमा भनिएको छ ।

त्यस्तै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँणले पनि चौलागाइको निधनप्रति गहिरो शोक ब्यक्त गरेका छन् । कोरोना संक्रमित चौलागाइको मंगलबार साँझ निधन भएको हो । संक्रमण भएपछि मनमोहन अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो । २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका चौलागाई दोलखाबाट दुई पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ