- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले हवाईजहाजको अभावमा चीनका विभिन्न विमानस्थलमा अलपत्र रहेको स्वास्थ्य सामग्री तत्काल नेपाल ल्याउने प्रवन्ध मिलाउन माग गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँणले बुधबार एक विज्ञप्तिमार्फत स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने नेपाली कम्पनीहरुले खरिद गरेका स्वास्थ्य सामग्री तथा उपकरणहरु हवाईजाहजका अभावको कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेको उल्लेख गरेका छन् ।
उनले कोभिड–१९ महामारीको कारणले दिनानुदिन संक्रमितको हजारौं संख्या र मृत्यु हुनेको सयौं संख्यामा वृद्धि हुँदै गइरहेपनि जनतालाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिई संक्रमितको उपचार गर्नुपर्नेतर्फ सरकार गम्भीर नभएको पनि आरोप लगाएका छन् ।
खाँणले विज्ञप्तिमा भनेका छन्, ‘यस्तोगम्भीर विषयलाई मध्यनजर गरी अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणहरुको हवाई ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको गम्भीर ध्यानकर्षण गराउँदछौं ।’