arrow

स्वास्थ्य सामग्रीका लागि हवाई ढुवानीको प्रबन्ध गर्न कांग्रेसको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
chiness-vaccine.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्री तथा उपकरण आयातका लागि हवाई ढुवानी प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । 

नेपाली कम्पनीले खरीद गरेका स्वास्थ्य सामग्री तथा उपकरण हवाइजहाजका अभावका कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेको जनाउँदै कांग्रेसले सो माग गरेको हो ।
   
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज वक्तव्य जारी गरी  अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणको हवाई ढुवानीको प्रबन्ध गरी  सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
    
उनले कोभिड–१९ महामारीको कारणले दिनानुदिन संक्रमित र मृत्यु हुने वृद्धि हुँदै गइरहेका परिस्थितिमा जनतालाई स्वास्थ्य सामग्री अभाव हुन नदिई कोभिड–१९ संक्रमित र अन्य बिरामीको उपचार गर्नुपर्नेमा जोड दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ