arrow

स्थायी कमिटीअघि ओलीका दूत बनेर विष्णु पौडेल पुगे माधव नेपालको निवासमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
mof-bishnu-poudel.jpg
तस्वीर–फाइल ।

काठमाडौं । कामचलाउ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । बिहान ९ः३० बजे प्रधानमन्त्री  निवास बालुवाटारमा बोलाइएको बैठकअघि अर्थमन्त्री एवं स्थायी कमिटी सदस्य विष्णुप्रसाद पौडेल ओलीका दूत बनेर एमालेको ओली इतर पक्षका नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन् । 

पौडेल नेपालको कोटेश्वरस्थित निवासमा पुगेका हुन् । स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेताहरुमाथि गरिएको कारबाही फुकुवाको विषयमा छलफल हुने बुझिएको छ । 

त्यसअघि पौडेल नेपालको विचार बुझ्न नेपाल निवास गएका हुन् । ओलीले नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ६ महिनाका लागि निलम्बन गरेको थियो । 

बैठकमा खनाल–नेपाल पक्षसँगको सम्भावित एकताका बारेमासमेत गम्भीर छलफल हुनेछ । 

ओलीले खनाल–नेपाल पक्षलाई निषेध गर्दै गत फागुन २८ गते पार्टीको नवौं महाधिवेशनमा निर्वाचित पदाधिकारीलाईसमेत हटाएका थिए । खनाल–नेपाल पक्षले २०७५ जेठ २ को एमालेको अवस्थामा पार्टीलाई पुर्याउनु पर्ने माग गर्दै आएको छ भने ओलीले प्रतिशोध लिइरहेका छन् । 

पार्टी एकतामै अवरोध गरेपछि खनाल–नेपाल समूहले ओली सरकारले विश्वासको मत लिँदा गत बैशाख २७ गते संसदमा सहभागीता जनाएन । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ९ बजेसम्मका लागि बहुमतको सरकार बनाउने समय दिएसँगै दलहरुबीच रस्साकस्सी छ । 

खनाल–नेपाल समूह ओलीले आफूहरुका माग सम्वोधन नगरे सांसदहरुले राजीनामा दिएर विपक्षीलाई सरकार बनाउन मद्धत गर्न सक्ने सम्भावनातिर गएको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ