arrow

डिसीसीएमसी आर्थिक सङ्कटमा, काम गर्न मुस्किल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
jajarkot.png

जाजरकोट । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र आर्थिक सङ्कट हुँदा काम गर्न मुस्किल भएको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका आइसोलेशन अनुगमन, निरीक्षण गर्नका लागि प्रयोग गर्नुपर्ने यातायातका साधन र सुरक्षा सामग्री नहुँदा काम गर्न मुस्किल भएको डिसीसीएमसी जनाएको छ ।

सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन पुराना भएकाले मर्मत तथा भाडामा लिनुपर्ने देखिएकाले डिसीसीएमसी बजेट नहुँदा काम गर्न समस्या भएकाले प्रदेश सरकारसँग बजेट माग गरिएको छ । 

सुरक्षा निकायले प्रयोग गरिरहेका यातायातका साधन पुराना भएकाले छिटोछरितो काम गर्नका लागि मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको डिसीसीएमसीको भनाइ छ । 

साथै नलगाड नगरपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना देखिएको भन्दै बिहिवारदेखि आफ्नो सेवा बन्द गरेको छ । 

यही वैशाख ३० गतेदेखि बन्द गरेको सेवा आगामी जेठ ३ गतेपछि मात्र सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । नगरपालिकाभित्रका सबै वडाबाट प्रवाह हुने सेवासमेत बन्द भएको छ । त्यस्तै वडा नं ११ का वडा सदस्यको मृत्युसमेत भइसकेको छ । दैनिक कोरोनाका कारण अवस्था चिन्ताजनक भएको भन्दै सेवा प्रवाह गर्न मुस्किल भएको नगरपालिकाले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ