- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । नेपाली कांग्रेस डोटीले अस्थायी कोभिड -१९को अस्पताल सञ्चालनका लागि पार्टी कार्यालय दिने निर्णय गरेको छ । जिल्लामा दिन प्रतिदिन कोरोनाका बिरामीहरू बढ्दै गएको अवस्थामा अस्थायी अस्पतालको आवश्यकता परेमा पार्टी कार्यालयको हल उपलब्ध गराउने निर्णय गरेको हो ।
जिल्लामा भयावह अवस्था आएमा, बिरामीले अस्पतालहरू भरिएमा अस्थायी कोरोना अस्पताल सञ्चालन गर्नका लागि पार्टी कार्यालयको हल उपलब्ध गराउने नेपाली कांग्रेस डोटीका पार्टी सभापति प्रदीप कुमार देउवाले हाम्रा कुरालाई जानकारी दिए । उनले भने ,' जिल्ला अस्पतालले स्रोत साधन जुटाएर चिकित्सक सहित आवश्यक परेको समयमा पार्टी कार्यालयमा अस्थायी अस्पताल सञ्चालन गर्न सक्नेछन् ।'
जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासँग भएको छलफलमा अस्थायी अस्पतालका लागि पार्टी कार्यालय प्रयोग गर्न सकिने जनाएको क्षेत्रीय सभापति एवं शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए ।
उनले भने ,' त्यहाँ अस्पताल सञ्चालन गर्नका लागि शिखर नगरपालिकाका तर्फबाट १० वटा बेड समेत उपलब्ध गराउने छौ । शिखर नगरपालिकाले बाहिरी जिल्लाको शव व्यवस्थापनका लागि घाट र दाउरा समेत उपलब्ध गराउने छ ।
साथै नगरले कोरोना संक्रमितको उपचारका लागि जिल्ला अस्पताललाई एक लाख रुपैयाँ उपलब्ध गराउने नगर प्रमुख जोशीले बताए ।'