- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। नयाँ सरकार निर्माणका विषयमा पदाधिकारीसहित पूर्व पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको हो।
यसअघि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। त्यसअघि आज बिहानै देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग पनि छलफल गरेका थिए।
दुवै दलका नेताहरूसँगको छलफलपछि काँग्रेसले विकसित घटनाक्रमका विषयमा आफ्ना पदाधिकारी तथा पूर्व पदाधिकारीसँग थप रणनीतिबारे छलफल गर्न लागेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आज राती ९ बजेसम्मको समय दिएकी छन्।