arrow

कांग्रेस नेता गैरेको संक्रमणबाट निधन, देउवाद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
bishnu-gaire.jpg

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना संक्रमणबाट निधन भएको छ ।  ५६ वर्षीय गैरेको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा  उपचारका क्रममा बिहिवार निधन भएको हो । 

गैरे  नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य एवं नेपाली कांग्रेस कपिलवस्तुका महाधिवेशन प्रतिनिधि समेत थिए । 

कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ११ निवासी स्वर्गीय गैरेले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । गैरेले वैदेशिक रोजगारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका थिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्  । नेपालको लोकतान्त्रिक आन्दोलन र वैदेशिक रोजगारको क्षेत्रमा उनले पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै, उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।



नयाँ