arrow

रौतहट प्रहरीद्वारा ५० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७८ जेठ २ आइतबार
oxygen-cylinder-rautahat.jpg

रौतहट। रौतहट प्रहरीले विभिन्न क्षेत्रबाट सङ्कलन गरेको अक्सिजन सिलिन्डर अस्पतालहरूलाई हस्तान्तरण गरेको छ। प्रहरीले सहयोगमा प्राप्त भएका ७.६ किलो तौल भएको ५० वटा अक्सिजन सिलिन्डरहरू मध्य अक्सिजन सहितको २९ वटा र १ वटा खालि गरी ३० वटा सिलिन्डर गौर अस्पताललाई दिएको छ।

त्यस्तै २० वटा खालि अक्सिजन सिलिन्डर चन्द्रपुर नगरपालिका-२ स्थित सहिद स्मृति पार्कको अस्थायी कोभिड अस्पताललाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डिएसपी भरत श्रेष्ठले जानकारी दिए।

विश्वव्यापी रूपमा फैलिएको नयाँ भेरियेन्ट सहितको कोभिड भाइरसबाट सङ्क्रमित भई अस्पतालहरूमा रहेको अस्थायी कोभिड वार्डमा उपचारार्थ रहेका कोभिड सङ्क्रमित बिरामीहरूको लागि अक्सिजन सिलिन्डर अपुग हुन नदिनको निमित्त विभिन्न उद्योग तथा पसलहरूबाट सहयोग मागेर अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ