arrow

बागेश्वरीपोस्टको सहकार्यमा सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
bagashoweri.jpg

नेपालगन्ज । सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहतका सीमा बसेर सुरक्षा गरिरहेका जवानहरूका लागि अति आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।

बागेश्वरीपोस्टडटकमको सहकार्यमा देउती सर्किजल हाउस नेपालगन्जले ठुलो परिमाणमा  स्यानिटाइजर, सर्किजल मास्क, फेस शिल्ड लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो।

बागेश्वरी पोस्टका प्रबन्ध निर्देशक गौरव गिरी र सर्किजल हाउसको प्रतिनिधित्व गर्दै सञ्चारकर्मी निरुपमा गिरीले उक्त स्वास्थ्य सामाग्रीलाई सशस्त्र प्रहरी बल नम्बर ३० गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अशोक बमलाई हस्तान्तरण गरेका हुन् । 

सामाग्री प्राप्त गर्दै सशस्त्र प्रहरी उपरीक्षक बमले यी स्वास्थ्य सामाग्रीहरूलाई सीमामा तैनाथ जवानहरूलाई उपलब्ध गराइने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ