arrow

नुवाकोट कांग्रेसको पहलमा दुई अस्पतालमा निःशुल्क खानाको व्यवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
nepali-congress-flag.jpg_1618043342.jpeg

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटको समन्वयमा काठमाडौंस्थित शिक्षण अस्पताल र नुवाकोटको त्रिशूली अस्पतालमा रहेका कोरोना संक्रमित र स्वास्थ्यकर्मीलाई निःशुल्क खानाको व्यवस्थापन गरिएको छ ।

यशोदादेवी भगवान सिंह मेमोरियल ट्रष्ट र नेपाली कांग्रेस नुवाकोटको समन्वयमा शिक्षण अस्पताल महाराजगंज र नुवाकोट त्रिशूली अस्पतालमा कोभिडका बिरामीलाई र उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीका लागि आइतबारबाट नियमित रूपमा अस्पतालमै खानाको व्यवस्था गरिएको नुवाकोट कांग्रेस सभापति जगदिशनरसिंह केसीले जानकारी दिए ।

नुवाकोटको त्रिशूली अस्पतालमा कोभिडका बिरामीको चाप बढ्दै जाँदा खाना व्यवस्थापनमा परेको समस्यालाई दृष्टिगत गरेर अस्पतालमै खानाको व्यवस्था गरिएको केसीले जानकारी दिए ।

अस्पतालभित्रै रहेको क्यान्टिनमा पौष्टिक खानाको व्यवस्थापन मिलाइएको र त्यसवापत साप्ताहिक रूपमा खर्च उपलब्ध गराइने छ। यसअघि नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यलयलाई आइसोलेसन वार्ड बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।



नयाँ