arrow

‘त्यो पर्दैन’ भन्ने प्रधानमन्त्री ओलीलाई फेरि शपथग्रहण गराउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
pm-oli-oath-third.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि शपथग्रहण गराउन माग गरेको छ । जसपाले राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्याएको फेरि शपथग्रहण गराउन माग गरेको हो । 

जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई फेरि शपथग्रहण गराउन माग गरेका हुन् । प्रधानमन्त्री पदको शपथग्रहण गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द दोहोर्याउन अस्वीकार गरेका थिए ।

त्यसैगरी राष्ट्रपति भण्डारी पनि हिहि गर्दै हाँसेकी थिइन् । यादवले विज्ञप्तिमा, ‘२०७८ वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक ‘त्यो पर्दैन’ भनेर ग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ ।’

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले ओली नेतृत्वको सरकारमा जानका लागि खुट्टा उचालिरहेका बेलामा आएको जसपाकै अर्का अध्यक्ष यादवको विज्ञप्तिले भने पार्टीभित्र तरङ्ग ल्याएको छ । ओलीले नै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी एक गराउन सहज पारिदिएका थिए । 

गत वर्षको बैशाखमा एक भएको जसपा अहिले फुट नजिक पुगेको छ । 

यस्तो छ यादवको विज्ञप्ति–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ