arrow

नबिल बैङ्कको वेबसाइट मार्फत 'नबिल आईकार्ड'  को निवेदन गर्न पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
nabil-bank-logo.jpg

काठमाडौँ। नबिल बैङ्कले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखी नबिल बैङ्कको वेबसाइट मार्फत 'नबिल आईकार्ड' को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ। यस नयाँ सुविधा मार्फत नबिल बैङ्कमा खाता भएका ग्राहक वर्गहरूले आफै बैङ्कको वेबसाइटमा‘नबिल आई कार्ड’ सेक्सनमा https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard गई ‘अप्लाइ नाउ’ विकल्प छानी 'नबिल आईकार्ड' को लागि निवेदन दिई, आफूलाई पायक पर्ने नबिल बैङ्कको कुनै पनि शाखाबाट कार्ड सङ्कलन गर्न सकिने बैङ्कले जनाएको छ।

यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन्। थप जानकारीका लागि ग्राहकहरूले बैङ्कको ग्राहक सेवा केन्द्रमा ०१–५९७००१५ सम्पर्क गर्न सकिने बैङ्कले जनाएको छ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा  ग्राहकहरूको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य एवम् सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैङ्कले यो नयाँ सुविधा ल्याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ