arrow

सर्लाहीको हरिवनमा उपचाररत संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
dead2.jpg

सर्लाही । सर्लाहीको  हरिवन नगरपालिका अन्तर्गत सासापुर स्थित कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । सोमबार बिहान १ बजे चक्रघट्टा गाउँपालिका–४ निवासी ५२ वर्षीय एक पुरुषको मृत्यु भएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख श्रवण कुमार नायकका अनुसार योसँगै सर्लाहीमा पछिल्लो कोरोना भाइरस संक्रमणका क्रममा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । त्यस्तै सक्रिय कोरोना संक्रमितको सङ्ख्या ६८५ जना पुगेको जनस्वास्थ्य प्रमुख नायकले जानकारी दिए । 

मृतक गत वैशाख २९ गते दिउँसो ३ बजेदेखि सासापुर स्वास्थ्य चौकी अन्तर्गत कोभिड अस्थायी अस्पतालमा उपचाररत थिए । उच्च ज्वरो लगायत सबै लक्षण समेत देखिएपछि वीरगन्जको गण्डक अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सो अस्पतालले बेड अभाव भन्दै उनलाई फिर्ता पठाएको थियो । लगतै उनी सासापुर स्थित कोभिड अस्थायी अस्पतालमा भर्ना भएका थिए ।

सासापुर अस्पतालका चिकित्सकले समेत उनलाई यहाँ उपचार गर्न नसकिने भन्दै रेफर गरे पनि अन्त कतै नजाने भन्दै उपचारमा बसेको बताइएको छ । हरिवनको सासापुर स्वास्थ्य चौकीमा ४० बेडको अस्थायी कोभिड अस्पतालमा ६ जना उपचाररत रहेकामा अब बागमती नगरपालिका ५ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य शाखाका सह–संयोजक चौधरीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ