arrow

राजमार्गमा सवारी लुटपाट गर्ने गिरोहका दुई जना पेस्तोलसहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
daka.JPG

सर्लाही । सर्लाहीको बाँके जङ्गलमा सवारी साधनमा लुटपाट गरेर फरार भएको गिरोहका दुई जना पक्राउ परेका छन् । यही वैशाख २६ गते राती सवा १ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका–४, बाँके जङ्गलमा तीन वटा सवारीमा लुटपाट भएको थियो । 

सो घटनामा संलग्न भई फरार रहेका ईश्वरपुर नगरपालिका–५, नरेशखोरका ३३ वर्षीय रामकरण महतो र सोही ठाउँका २० वर्षीय सुरेन्द्र सदा पक्राउ परेका हुन् । हात हतियार सहित चार जनाको सङ्ख्यामा रहेको नकाबधारी डाकाहरुको समूहले प्रहरीले लगाउने जस्तो ज्याकेट लगाएर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ च ८३८७ नम्बरको पिक अप गाडी, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १३६ र ना ६ ख ८२० नम्बरको ट्रक रोकी विभिन्न कम्प निको तीन वटा सवारीका चालक र सहचालकको साथमा रहेको ३७ हजार नगद, पाँच थान मोबाइल, सुनको हनुमानी र गाडीभित्र रहेका विभिन्न समानहरू लुटपाट गरेको इलाका प्रहरी कार्यालय  केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले  जनाकारी दिए । 

लुटपाटपश्चात् डाँका समूहको खोजी तीव्र पारेको प्रहरीले ३३ वर्षीय रामकरण महतोलाई ईश्वरपुर नगरपालिका–५, स्थित फूल जोर मन्दिर नजिकबाट बीआर ३० यु ७७७३ नम्बरको भारतीय मोटरसाइकलमा हिँडिरहेको अवस्थामा एक थान नल कटुवा पेस्तोल, त्यसमा लाग्ने दुई राउन्ड गोली बरामद गरेको थियो । 

तत्कालै महतोको घरमा समेत खानतलासी गर्दा लुटपाट भएको एक थान मोबाइल, हनुमानी र प्रहरीले लगाउने ज्याकेट बरामद गर्‍यो । महतोको बयानकै आधारमा सदालाई प्रहरीले पक्राउ गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ