arrow

आठ महिने छोरी छाडेर पुनमले लगाइन् पासो  

logo
युवराज रेग्मी,  
प्रकाशित २०७८ जेठ ५ बुधबार
suicide1.jpg
तस्वीर– सांकेतिक ।

झापा । गौरीगन्ज गाउँपालिका वडा  नं ६ खजुरगाछी निवासी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन् । आफ्नै घरकोठाको  सिलिङ्गफ्यानको हेङ्गरमा सलको पासो लगाइ उनले झुन्डिएर आत्महत्या गरेकी हुन् ।

हाल वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका राजु साहकी ३० वर्षीया श्रीमती पुनम बुधबार बिहान मृत अवस्थामा भेटिएको पारिवारिक श्रोतले जनाएको छ । मृतक महिलाको साथमा ८ महिनाकी एक नाबालक छोरी छिन् ।

श्रीमान् विदेश भएकाले विराटनगरबाट माइतीपक्ष आएपछि मात्र शव पोष्टमार्टमका लागि लगिने पारिवारिक श्रोतलाई उधृत गर्दै ईलाका प्रहरी कार्यालय गौरीगन्जले जानकारी दिएको  छ ।

हाल प्रहरीले घटनाको मुचुल्का उठाउने तयारी गरिरहेको जनाएको छ ।



नयाँ