arrow

कांग्रेस नेता मल्लको निधन

logo
हरि पन्त, 
प्रकाशित २०७८ जेठ ५ बुधबार
gajendraprakash-malla.jpg

पोखरा । नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र प्रकाश मल्लको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा मंगलबार निधन भएको हो । 

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । हालैमात्र कोरोना संक्रमण भएर पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको हो । 

स्वर्गीय मल्ल ‘क’ वर्गका प्रतिष्ठित निर्माण व्यवसायी, नेपाली कांग्रेस स्याङ्जाका पूर्व जिल्ला कोषाध्यक्ष तथा समाजसेवी पनि थिए । 

मल्लले दुई पटक जिल्ला विकास समितिको सदस्य, निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य, निर्माण व्यवसायी संघ स्याङ्जाका संस्थापक अध्यक्ष भएर काम गरेका थिए । 

चापाकोट नगरपालिका वाड नं ५ निवासी मल्ल विगत ३५ वर्षदेखि स्याङ्जा सदरमुकाम पुतलीबजारमा बसोवास गर्दै आइरहेका थिए ।
 
मल्लका तीन छोरा, श्रीमती  र एक छोरी छन् । उनका छोराहरु खिमप्रकाश मल्ल राजेश मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष र भागवत प्रकाश मल्ल गण्डकी प्रदेशसभा सदस्य हुन् । 

यसैबीच पार्टीमा महासचिव सदस्य एवं पूर्व काषाध्यक्ष मल्लको निधनप्रति नेपाली कांग्रेस स्याङ्जाले दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार रानाले शोक वक्तव्यमार्फत दुःख व्यक्त गरेका हुन् ।

मल्लको निधनप्रति कृषि मन्त्री पद्मा अर्याल, पूर्व मन्त्री गोपालमान श्रेष्ठ, सांसद मोहन पाण्डे, संविधानसभा सदस्य धनराज गुरुङ, राजु थापा लगायतले विभिन्न सामाजिक संजालमार्फत दुःख व्यक्त गरेका छन् ।

यसैगरी नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले पनि मल्लको निधनप्रति दुःख व्यक्त गर्दै वैकुण्ठ बासको कामना एवं परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ