arrow

५० बेडको क्वारेन्टिन र फुड बैंक स्थापना गर्ने कांग्रेसका नेता आचार्यको घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
manoj-acharya-congress.jpg

सर्लाही । नेपाली कांग्रेसका नेता तथा समाजसेवी मनोज आचार्यले कोभिड–१९ को दोस्रो लहरको बढ्दो संक्रमणबाट आजित मानव समुदायलाई बचाउने उद्देश्यले सर्लाहीको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा आफ्नै अग्रसरतामा ५० बेडको क्वारेन्टिनस्थल निर्माण गर्ने भएका छन् । 

आचार्यका अनुसार क्वारेन्टिन स्थलमा चाहिने सम्पूर्ण सामग्री खरिद गरिसकेको र यही सातामा उक्त सामग्री लिएर उनी सर्लाही आउने छन् । आचार्यले सर्लाहीमा विपन्न नागरिकको लागि एउटा फुड बैंक पनि स्थापना गर्ने बताए ।

अहिलेको समय अत्यन्त भयावह र डरलाग्दो भएका कारण राज्यको मात्र मुख ताकेर बस्नुभन्दा जनस्तरबाट पनि कोभिड–१९ को सङ्क्रमण हटाउन सकिन्छ भन्ने आचार्यको तर्क छ । 

आचार्यले कोभिड – १९ को पहिलो चरणमा पनि सर्लाहीका विभिन्न पालिकाहरूमा आवश्यक स्वास्थ्य लगायत खाद्य सामग्री वितरण गरेका थिए । त्यस्तै समाजसेवी मनोज आचार्यले काठमाडौँमा मंगलबार एक कार्यक्रमबीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । 

कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाको अग्रसरतामा काठमाडौंको ज्ञानेश्वरमा निर्माण गर्न लागिएको अस्थायी कोभिड अस्पतालका लागि समाजवेवी आचार्यले केही स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ