arrow

जसले आफू सङ्क्रमित बनेपछि अस्पताल खोल्ने निधो गरे

logo
नारायण वली,
प्रकाशित २०७८ जेठ ५ बुधबार
tilotama-narayan-neupane-.jpg

रुपन्देही । नारायण न्यौपाने तिलोत्तमा नगरपालिका वडा नं.९ का वडाध्यक्ष हुन् । काम गर्ने तर, बाहिर आउन चाहाना नराख्ने उनी पछिल्लो समय सर्वोपरि काम गर्न अग्रसरता लिए । जसले आफू दोस्रो चरणको नयाँ भेरियन्ट पछि वडामा नै कोरोना अस्थायी अस्पताल खोल्ने सोच बनाए ।

वैशाख ८ गते आफूलाई नयाँ भेरियन्टले छोएपछि केही दिन होम आइसोलेसनमा बसेका उनलाई चेकजाँच गर्दा वैशाख २० गते रिपोट नेगेटिभ आयो । उनी भन्छन्, दोस्रो चरणको कोरोना भाइरसले नछाडेपछि, सामान्य बेड र अक्सिजन समेत नपाएर अव तिलोत्तमा नगरवासीले मृत्युवरण गर्न नपरोस् भनेर आफूले कोरोना अस्पताल खोल्ने सोच बनाएको बताए  ।

विभिन्न सङ्घसंस्था एवं राजनीतिक दलहरू सँग सहयोग मागेर भए पनि वडामा हालै सम्पन्न भएको अतिथि गृह तथा सभा हलमा अस्थायी रूपमा कोरोना अस्पताल खोल्ने सोच बनाएको बताउँछन् वडाध्यक्ष न्यौपाने । जिल्लाका अस्पतालहरूमा सङ्क्रमित बिरामीहरूले बेड खाली नभएको र उपचार गर्न जाने बिरामीहरूले बेड र अक्सिजन नपाएर ज्यान गुमाउनु परेको खबरले आफूलाई कोरोना अस्पताल बनाउनु पर्छ भन्ने तर्फ तल्लीन गराएको जनाए ।

विद्युत् र पानीको जडान नभएको उक्त हलमा विद्युत् र पानी जडानका लागि नगरपालिकामा सिफारिस गरेका वडाध्यक्ष न्यौपानेले सिफारिस मात्रै नभई सहयोगार्थमा सञ्चालन गर्ने बनाएको सोचमा नगरपालिकाले पनि साथ दिने र सहयोगार्थबाट भन्दा पनि नगरपालिका वाटै सञ्चालन गर्नुपर्छ भन्ने राय पाए ।

सोही अनुरूप, अहिले तिलोत्तमा–९ मा कोरोना अस्थायी अस्पताल निर्माण कार्य पुरा भएर बुधवार उद्घाटन गरिएको छ । तर विडम्बना पर्याप्त अक्सिजन ग्याँस नभएकाले सो अस्पताल सञ्चालनमा चुनौती देखिएको वडाध्यक्ष न्यौपानेले बत्ताएका छन् । उनका अनुसार आफूले अस्पतालमा चाहिने जति आवश्यक अक्सिजन जुटाउनका लागि विभिन्न उद्योगी, सङ्घसंस्था र व्यक्तिलाई अपिल गरेको र बिहीबार २० वटा जति अक्सिजन भरिएका सिलिन्डर दिने वचन पाएको सुनाए ।

अत्याधुनिक प्रविधि मार्फत पाइप लाइनको माध्यम वाट प्रत्येक बेडमा अक्सिजन पुर्‍याउने गरी निर्माण गरिएको सो अस्पतालमा ५० लाख रुपैयाँ लगानी भएको बत्ताइएको छ । उक्त लगानी नगरपालिकाले नै गरेको जनाइएको छ । अक्सिजन अभावमा रहेको सो अस्पतालमा भर्ना हुनका लागि भन्दै धेरैले फोन गरेको भए पनि, अक्सिजन नहुँदा, भर्ना गर्न सकिने अवस्था नरहेको उनै वडाध्यक्ष न्यौपाने भनाई छ । यस्तै, बिरामीको चाप बडेमा थप ४० वटा बेड थप्न मिल्ने ठाउँ रहेको उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ