arrow

सीमामा सशस्त्र प्रहरीसँग स्थानीयको झडप, गोली लागेर घाइते भएका युवकको मृत्यु

logo
रबिन्द्र याद,
प्रकाशित २०७८ जेठ ५ बुधबार
apf gun fire.JPG

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सीमामा सशस्त्र प्रहरीले गोली चलाउदा गम्भीर घाइते युवकको उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमा मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवा बस्ने २२ वर्षीय युवक अविनाश राजभर ( राय ) को मृत्यु भएको हो ।

खुट्टामाथिको संवेनशील अंग नजिकै गोली लाग्दा गम्भिर घाइते भएका राजभरको मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो । जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं. ६ कङ्गलीखोला ( धोबहा ) को पूर्वतर्फ मंगलवार बिहान ९ बजे २ जना युवक भारततर्फ आवश्यक सामान लिन जान खोज्दा सीमामा खटिएका सशस्त्र प्रहरीसँग झडप भएको थियो । 

विवाद सिर्जना भएपछि स्थानीयहरु जम्मा भई प्रहरीसंग केही समय झडप भएपछि सशस्त्र प्रहरीले आत्मरक्षाका लागि ५ राउण्ड गोली प्रहार गरेको स्थानीय बताउँछन् भने सशस्त्र प्रहरीले दुई राउन्ड गोली र केही अश्रुग्यास प्रहरी गरिएको जनाएको छ ।

गोली लागेर गम्भिर धाइते भएका युवकलाई शहिद स्मृती सामुदायीक अस्पताल चौपता पठाइएको तर त्यहा सो उपचार हुन नसकेपछि बुटवलस्थित सिटी अस्पतालमा रिफर गरिएको थियो । सिटी अस्पतालका चिकित्सकहरुले राजभरलाई जाचको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए थप जानकारी रिपोर्ट आउन बाकी रहेको समेत जानकारी दिए । 

उता सशस्त्र प्रहरी बिओपी बलिनगरका सइ शंकर बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरी गण नं २६ का एसपी महेश अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ