arrow

समाजसेवी जोशीद्वारा अक्सिजन प्लान्ट स्थापना गर्न आर्थिक सहयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
dhangadi-upamanagar.JPG

धनगढी । समाजसेवी भक्तराज जोशीले अक्सिजन प्लान्ट स्थापना गर्न आर्थिक सहयोग गरेका छन् ।

 धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न  'साइन नेपाल' धनगढीका अध्यक्ष जोशीले मेयर कल्याणकारी कोषमा प्राण वायु अक्सिजनको जोहो गर्न २ लाख ३१ हजार नगर प्रमुखलाई नृप बहादुर वडलाई हस्तान्तरण गरेका हुन् । 

जोशीले भने,'धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिन्डर व्यवस्थापनका लागि आफ्नो सानो रकमले केही सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको हो। यस्तो महाविपत्तिमा सबैलाई आफ्नो क्षेत्रमा सहयोगका लागि एक जुट हुन समेत आग्रह गरेका छन् ।' 

 जोशीले उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा जम्मा गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ