arrow

टाटा मोटर्स प्यासेन्जर कारको फ्री सर्भिस र वारेन्टी अवधिमा थप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
TATA Cars- Extended Warranty Period.jpg

काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले लकडाउनको कारण ग्राहक वर्गमा पर्न गएको अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै टाटाको सबै कारहरूको फ्री सर्भिस र ओरिजिनल ईक्विप्मेण्ट वारेन्टी अवधिमा एक महिना थप गरेको छ। यदि टाटा कार ग्राहकहरूको फ्री सर्भिस र वारेन्टी अवधिको म्याद १ अप्रिल २०२१ देखि ३१ मे २०२१ को भित्र परेको छ भने, स्ट्यान्डर्ड वारेन्टीको नियम तथा सर्तहरू अन्तर्गत सवारीको वारेन्टी अवधि ३० जुन २०२१ सम्म लागि थप गरिएको कम्पनीले जनाएको छ।

सिप्रदी ट्रेडिङ्ग प्रालिका ग्राहक सेवा तर्फबाट टाटा प्यासेन्जर गाडीका प्रमुख प्रबन्धक कुमार भण्डारीका अनुसार "अहिले महामारीको रूपमा विश्वभरि फैलिँदै गरेको कोरोना भाइरस (कोभिड १९) को कारण भएको लकडाउन र अत्यावश्यक बाहेकको आवागमन प्रतिबन्धका कारण ग्राहकहरूले गाडी मर्मत गराउन कठिनाइ भएको कारण फ्री सर्भिस र ओरिजिनल ईक्विप्मेण्ट वारेन्टीको अवधि थप गरिएको हो।"

कम्पनीले जनाएको अनुसार यस आपत्कालीन समयमा पनि टाटा गाडीको ग्राहकहरूको लागि सिप्रदी २४ घण्टा सेवामा समर्पित छ। यदि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा, कम्पनीको टोल फ्री नम्बर  १६६००१५५७७७ (एनटिसी  वा ९८०१५७५७७७ (एनसेल) मा सम्पर्क गर्न सकिने छ।

यसको साथै टाटा कारका ग्राहकहरूले सिप्रदीको सिप्रदी एप्सबाट पनि आफ्नो गाडीको सर्भिस बुकिङ गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ