रेग्मी आयरल्याण्ड र माल्टा तथा खड्का स्लोभाकका राजदूत नियुक्त
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
2k
Shares
कदर्शन रेग्मी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूतमा आइतवार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।