arrow

म्याग्दीमा आइतबार एकै दिन तीन महिलाको मृत्यु

थपिए १८१ जना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
dead2.jpg

पोखरा । म्याग्दीमा कोरोना भाइरस संक्रमणबाट आइतबार एकै दिन तीन जनको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना नै महिला छन् । 

बेनी नगरपालिका वडा नं. ६ की ६१ वर्षकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गत वैशाख २४ गते कोरोना संक्रमित उनको उपचारको क्रममा बेनी जिल्ला अस्पतालमा मृत्यु भएको हो । 

यस्तै, बेनी ७ की ७४ वर्षकी महिलाको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको हो । शनिवार कोरोना पुष्टि भएको यी महिलाको उपचारको क्रममा बेनी जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा बेनी नगरपालिका वडा नं. ९ की ९० वर्षकी महिला रहेकी छन् । जेठ ४ गते कोरोना पुष्टि भएर उनको उपचारको क्रममा बेनी जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

योसहित म्याग्दीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या २३ जना पुगेको छ । 

यसै गरी म्याग्दीमा आइतबार एकै दिन १८१ जना कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । आइतबार भेटिएका संक्रमितमध्ये ९२ जना महिला र ८९ जना पुरुष छन् । 

योसहित म्याग्दीमा कुल संक्रमितको सङ्ख्या १४ सय ९९ जना पुगेको छ । जसमा ४८० जना संक्रमित निको भएर सक्रिय संक्रमितको सङ्ख्या ९९६ जना छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ