arrow

राष्ट्रपति र प्रधानमन्त्री संविधान मास्न उद्दत : कांग्रेस

logo
हरि पन्त, 
प्रकाशित २०७८ जेठ १० सोमबार
nepali-congress-flag-tree.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, आलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम चालेकोप्रति निन्दा गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको बदनियतपूर्ण ढंगले मिलेमतोमा षडयन्त्र भैरहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्दत भएको उल्लेख छ ।  जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तिका रुपमा आफू अनुकुल प्रयोग गरेको भन्दै आपत्ति जनाइएको छ ।

दाबी गर्न नमिल्ने केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गरिएकोमा भत्सर्नासमेत गरिएको छ । विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरिएको छ ।

 नेपाली कांग्रेस कास्कीले नेपाली काग्रेस क्षेत्र नं २ (ख) कास्कीका अगुवा नेता तथा कार्यकर्तासँग आइतबार गरेको जुम बैठकले समेत राष्ट्रपति र प्रधानमन्त्रीको कदमको निन्दा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ