- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सोमबार धनुषा जिल्लाभर निषेधाज्ञाको समयावधि ७ दिन थपेको छ ।
कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर यथावत् रहे पनि मृत्यु दर बढेकाले निषेधाज्ञा कडाइ गने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।
तरकारी मन्डी र माछा मासु बजारमा भिडभाड हुन नदिन अनुगमन गरिने निर्णय गरिएको उनले जानकारी दिए ।
तरकारी, फलफूल, दुधडेरी, ग्याँस, खाद्यान्न लगायतका अत्यावश्यक पसलहरू पनि बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्नेछ । अन्य पसलहरू खोलेमा कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिएका छन् ।
तर यसअघि पनि यस्तो चेतावनी दिए पनि व्यवहारमा लागु भएको देखिएन ।
धनुषामा यो निषेधाज्ञा तेस्रो पटक थप गरिएको छ। अब जेठ १७ गतेसम्म निषेधाज्ञा रहनेछ ।