- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो गृहजिल्ला रोल्पाका आठ वटा स्थानीय तहलाई बजार मूल्यभन्दा महँगोमा अक्सिजन सिलिन्डर बिक्री गरेको भन्ने समाचारमा खण्डन गरेका छन् ।
उनको सचिवालयले उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भनी खण्डनपत्र पठाएको छ । सचिवालयले मुलुक अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेका बेलामा सरकारले जनताप्रति जिम्मेवारीपूर्वक नसोची दायित्वसमेत पूरा नगरेको जनाउँदै पुनले जिल्लाबाट जनप्रतिनिधिका हैसियतमा सहजीकरण गरी तीन पटक जिल्लामा अक्सिजन सिलिन्डर पठाएको स्पष्ट पारेका छन् ।
खण्डन पत्रमा ‘यो काम एमाले नेतृत्वको संघीय र प्रदेश सरकारले गर्नुपर्ने थियो । तर, सरकारले जनताप्रति जिम्मेवारीपूर्वक सोचेन र दायित्व पूरा गरेन । आजसम्म जिल्लाका लागि सरकारी स्तरबाट कुनै स्वास्थ्य सामग्री उपलब्ध भएको छैन । आफ्ना मतदाता अक्सिजनको अभावमा छटपटिइरहेका बेला, देशमा सरकार विहीनताको अवस्था उत्पन्न बेला निर्वाचित जनप्रतिनिधिको नाताले अक्सिजन जोहो गरेर जिल्ला पठाउँदा उहाँले के अपराध गर्नुभयो र ? यसमा व्यापार वा दुरुपयोगको प्रसंग कसरी आयो ?’ भनी प्रश्न गरिएको छ ।
यस्तो थियो अक्सिजन सिलिन्डरबारे उनीसँग जोडिएको समाचार–
बर्षमानको सचिवालयले महँगोमा बेच्यो अक्सिजन सिलिन्डर, प्रचार भने सित्तैमा दिलाए जस्तै
यस्तो छ पुनको सचिवालयले पठाएको पत्र–
श्री सम्पादक, मितिः २०७८–र०२–१३
हाम्राकुरा डटकम
विषयः खण्डन सम्बन्धमा
प्रस्तुत विषयमा माननीय वर्षमान पुन अनन्तको बारेमा त्यस लोकप्रिय सञ्चार माध्यममा प्रायोजित, अनर्गल र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायसहित प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । मुलुक अहिले कोभिड–१९ महामारीको चपेटामा छ । नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट सरकार पूर्णत च्युत भएको छ । अक्सिन र आइसीयू अभावमा दैनिक दुई सयको हारामारीमा नागरिकको ज्यान गइरहेको छ । यस महामारीबाट रोल्पा पनि अछुतो रहने सकेन । रोल्पामा अक्सिजन र सिलिण्डरको चरम अभाव भयो । जिल्लाबाट निर्वाचित जनप्रतिनिधिका हैसियतमा माननीय पुनलाई जिल्ला समन्वय समिति रोल्पा, जिल्ला अस्पताल रोल्पा र जिल्लास्थित स्थानीय तहका प्रतिनिधिहरुबाट सिलिण्डर व्यवस्थापनका लागि पहल गरिदिन आग्रह आयो । उहाँहरुको आग्रहमा माननीयज्यूले सहजीकरण गरेर तीनपटक जिल्लामा अक्सिजन सिलिण्डर पठाउनुभएको हो । यो काम एमाले नेतृत्वको संघीय र प्रदेश सरकारले गर्नुपर्ने थियो । तर, सरकारले जनताप्रति जिम्मेवारीपूर्वक सोचेन र दायित्व पूरा गरेन । आजसम्म जिल्लाका लागि सरकारी स्तरबाट कुनै स्वास्थ्य सामग्री उपलब्ध भएको छैन । आफ्ना मतदाता अक्सिजनको अभावमा छटपटिइरहेका बेला, देशमा सरकार विहीनताको अवस्था उत्पन्न बेला निर्वाचित जनप्रतिनिधिको नाताले अक्सिजन जोहो गरेर जिल्ला पठाउँदा उहाँले के अपराध गर्नुभयो र रु यसमा व्यापार वा दुरुपयोगको प्रसंग कसरी आयो रु यस्तो महामारीका बेला एउटा सिन्कोसम्म भाँच्न नसक्ने जिल्लास्थित एमालेको केपी ओली समूहका केही व्यक्ति उहाँको राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले गलत प्रचारबाजीमा लागेका छन् । जनताको जीवन रक्षाका लागि गरिएको पवित्र कार्यमा समेत राजनीति गर्ने विकृत मानसिकताको जति निन्दा र भत्र्सना गरे पनि कमै हुन्छ । यस्ता भ्रमपूर्ण अफवाहबाट विचलित नभई अप्ठ्यारोमा परेका जनताको साथमा रहेर उहाँहरुको सेवामा लागिरहने प्रतिबद्धता माननीय पुनले व्यक्त गर्नभएको छ । एमाले ओली समूहका व्यक्तिलाई उद्धृत गर्दै प्रकाशित भ्रमपूर्ण समाचारको खण्डन गरिदिनुहुन सचिवालयका तर्फबाट हार्दिक आग्रह गर्दछौं ।
निजी सचिवालय
वर्षमान पुन अनन्त
प्रतिनिधिसभा सदस्य, रोल्पा