- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो समय सामाजिक कार्यमा सक्रिय अभिनेत्री मनिषा कोइरालाले नारायणी अस्पताललाई चार वटा भेन्टिलेटर सेटसहित स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन् ।
वीरगन्जमा रहेको उक्त अस्पताललाई कोइरालाले सय सयवटा फेससिल्ड र पीपीई तथा तीन वटा फूल फेस मास्क पनि उपलब्ध गराएकी हुन् ।
कोरोना महामारीको दोस्रो लहरका क्रममा वीरगञ्जलगायतका सीमावर्ती क्षेत्रहरु बढी प्रभावित भइरहेका बेला कोइरालाले भेन्टिलेटर र स्वास्थ्य सामाग्री जुटाएको जानकारी दिएकी छन् ।