arrow

कुसाथाले जिते कृष्णप्रसाद स्मृति बुद्धिचाल, महिलातर्फ सुजना लोहनी उत्कृष्ट  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
buddhichal-lalitpur.jpg

ललितपुर । नेपाल बुद्धिचाल संघका पूर्वकोषाध्यक्ष स्व.कृष्णप्रसाद श्रेष्ठको स्मृतिमा सञ्चालन भएको राष्ट्रव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि चेसरम्यान उपनामका भक्तपुरे युवा निकेन कुसथाले जितेका छन् ।

उनी ११ चरण सम्मको खेलमा नौं जीत र एकमा बराबर खेली ९.५ अंकको स्पष्ट अग्रता बनाउन सफल रहे। नेपालका १५१ जना शिर्षस्थ खेलाडीहरुले सहभागिता जनाएको अनलाइन प्रतियोगितामा बुद्धिचाल एपका संचालक सुशील चौधरीले नौं अंकको एकल दोस्रो स्थान प्राप्त गर्न निकै संघर्ष गर्नु परेको थियो।

त्यस्तै प्रतियोगितामा ८.५ अंकमा क्षितिज भण्डारी तेस्रो  र बद्रीलाल नेपाली चौथो बन्न सफल बनेका छन्। जम्मा ५ जना खेलाडी राजन सुवेदी, केशब श्रेष्ठ, युवराज पौडेल, अर्जुन घिमिरे र सुमन सुवालले ८ अंक हासिल गर्दै क्रमशः नवौं स्थानसम्म रहन सफल भए ।

त्यस्तै प्रतियोगितामा चमन गाहमगरले ७ं५ अंकसहित दशौं भएका छन्। समान अंकमा पुरुषोत्तम सिलवाल, सुदीप, सुमित पन्त, मिसन दाहाल र सुरज गुरुङले एघारौं देखि पन्ध्रौं स्थानमा सफल रहे ।

ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको १६औं दखि २० औं स्थानमा धन बहादुर वोगटी, यम कुमार कार्की, कृष्ण थापा, आशिष् फूयाल र दीर्घराज जोशीलेसमेत नगद पुरस्कार हात पारे ।

महिलातर्फ ६ं५ अंकका साथ पहिलो हुँदै वर्तमान नेपाल च्याम्पियन सुजना लोहनीले पनि आफ्नो उत्कृष्ट उपस्थिती जनाएका छन् भने रिया श्रेष्ठ द्वितीय र इन्दिरा ओस्ती तेस्रो बनिन् ।

प्रतियोगिताको उत्कृष्ट ३१ जना खेलाडीहरुलाई आठ हजार पाँच सय पुरस्कार प्रायोजन गरेका बुद्धिचाल संघका नि वर्तमान अध्यक्ष राजेशहरी जोशीकै कार्यकालमा कोषाध्यक्षको भुमिका निर्वाह गरेका स्वर्गीय श्रेष्ठको सम्झनामा खेल भएको हो । भेट्रानतर्फ हिराकाजी महर्जन, लव कुमार श्रेष्ठ, सिंदेश्वर दास क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । 



नयाँ