दोस्रो जीपी कोइराला अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
263
Shares
काठमाडौँ । जीपी कोइराला स्पोर्ट्स एकेडमीद्वारा आयोजित "दोस्रो जीपी कोइराला अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता-२०८३" शहीद मैदान पूर्व टेबलटेनिस हलमा सम्पन्न भएको छ ।
प्रतियोगितामा क्याडेट ब्वाइज, क्याडेट गर्ल्स, सब जुनियर ब्वाइज, सब जुनियर गर्ल्स, जुनियर ब्वाइज र जुनियर गर्ल्स गरी ६ ओटा इभेन्टमा १८ ओटा बिद्यालयका २२० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । क्याडेट गर्ल्स सिङल्स (कक्षा ५ सम्म) तर्फ पिटर प्यान प्ले पेन स्कूलकी तक्ष्वी धनावत प्रथम, अरनिको स्कूलकी आरोही झा द्वितीय , अरनिको स्कूलकै रोलिशा चौहान र डिएभी स्कूलकी आरोही साह संयुक्त रुपमा तृतीय भए ।
क्याडेट ब्वाइज सिङल्सतर्फ (कक्षा ५ सम्म) तर्फ पिटर प्यान प्ले पेन स्कूलका नीर जंग थापा प्रथम, बुढानिलकण्ठका स्कूलका आभाष लामिछाने द्वितीय, बुढानिलकण्ठ स्कूलका आरुष पोखरेल र श्री श्री रविशंकर स्कूलका रुद्रान्स सुलभ सापकोटा संयुक्त रुपमा तृतीय भए ।
सब जुनियर गर्ल्स सिङल्स (कक्षा ६-७) तर्फ श्री श्री रविशंकर स्कूलकी प्राप्ति सेढाइ प्रथम, बिकेभिएम स्कूलकी रोशिका घिमिरे द्वितीय , अरनिको स्कूलकि स्वर्णिमा कोइराला र सोही स्कूलकी साइना अधिकारी संयुक्त रुपमा तृतीय भए ।
सब जुनियर ब्वाइज सिङल्स (कक्षा ६-७) तर्फ डिपिएस बिराटनगरका आदर्श गुप्ता प्रथम, जनता नमुना माविका रक्ष बुढा द्वितीय, लिलिपुट स्कूलका अध्ययन कोइराला र सगरमाथा स्कूलका आरोन श्रेष्ठ संयुक्त रुपमा तृतीय भए ।
जुनियर गर्ल्स सिङल्स (कक्षा ८-१० सम्म) तर्फ एभरेष्ट स्कूलकी कृपा पोखरेल प्रथम, श्री श्री रविशंकर स्कूलकी स्वस्तिका चौधरी द्वितीय, बुढानिलकण्ठ स्कूलकी मानसी तामाङ र सोही स्कूलकै आकृती मगर संयुक्त रुपमा तृतीय भए ।
जुनियर ब्वाइज सिङल्स (कक्षा ८-१० सम्म) तर्फ लिलिपुट स्कूलका श्रीजल प्याकुरेल प्रथम, मार्टर्सउ मेमोरियल स्कूलका सक्षम बस्नेत द्वितीय , डिएभी स्कूलका विवान अग्रवाल र बुढानिलकण्ठ स्कूलका आयान श्रेष्ठ संयुक्त रुपमा तृतीय भए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, कोशी खेलकुद विकास बोर्ड उपाध्यक्ष वसन्तराज अर्याल संस्थाका अध्यक्ष रन्जन थापा कोशी हक्की संघ अध्यक्ष जीवन तिमल्सिना, नेपाली कांग्रेस मोरङ खेलकुद विभाग प्रमुख प्रकाश दाहालले पुरस्कार, शिल्ड, मेडल, ट्रफी र प्रमाण पत्र वितरण गरेका थिए ।