arrow

बेलायती स्वास्थ्य सामाग्री बोकेको विमान नेपाल आइपुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
uk.JPG

काठमााडौं । कोभिड-१९ को महामारीको बेलामा सहयोगका लागि बेलायत सरकारले प्रदान गरेको अत्यावश्यक सामाग्री बोकेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले त्रिभुवन विमानस्थलमै पुगेर उक्त स्वास्थ्य सामग्री नेपाल आइपुगेको बताएकी हुन् । बेलायत सरकारले भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र अत्यावश्यक सुरक्षा उपकरणहरु नेपललाई सहयोग गरेको हो ।

राजदुत पोटिले बेलायतले नेपाललाई सहयोग गर्न पाएकोमा खुसी अनुभव गर्न पाएको बताएकी छन् । बेलायत सरकारले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गतको खोप उपलब्ध गराउनका लागि समेत बिशेष पहल चाल्ने बताएको छ ।



नयाँ