arrow

नेपालमा कोरोना संक्रमण दर घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । नेपालमा पछिल्लो सात दिनको औषतमा कोरोना भाइरसको संक्रमण दर ३७.५६ प्रतिशत रहेको छ । बैशाख ७ गतेदेखि बैशाख १३ गतेसम्मको तथ्यांक हेर्दा यो अवधिमा १ लाख ४६ हजार ९ सय ९० जनाको  नमुना परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामध्ये ५५ हजार २ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको ३७.५६ प्रतिशत हो । अर्थात यो साता १०० जनाको परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइरहेको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयको तथ्यांकका आधारमा हामीले नै बनाएको रिपोर्टले संक्रमणदर ४४ प्रतिशत पुगेको देखाएको थियो ।

बैशाख २६ गतेदेखि जेठ १ गतेसम्म नेपालमा १ लाख ४० हजार १ सय ७१ जनाको नमुना परीक्षण गरिएको थियो । परीक्षण गरिएकोमध्ये ६२ हजार ५ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । 

याे पनि

१५ दिनमा भएन 'चेनब्रेक',  बढ्यो सङ्क्रमण दर

जुन कुल परीक्षणको ४४.६३ प्रतिशत हो । अर्थात यतिबेला नेपालमा १०० जनामध्ये ४४ जनामा कोरोना भाइरसको संक्रमण भइरहेको थियो ।

यतिबेलाको तुलनामा पछिल्लो ७ दिनमा कोरोना भाइरसको संक्रमण करिब ७ प्रतिशतले घटेको देखिन्छ ।

त्यसअघि वैशाख १९ गतेदेखि बैशाख २५ गतेसम्ममा १ लाख ३१ हजार ९ सय ४८ जनाको कोरोना सङ्क्रमण परीक्षण गरिएको थियो । 

परीक्षण गरिएकामध्ये ५७ हजार ६ सय ६२ जनमा सङ्क्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको ४३.७० प्रतिशत हो ।

यसबाट बैशाखको अन्तिम सातादेखि जेठ पहिलो सातामासम्म नेपालमा कोरोना भाइरसको संक्रमण उच्च रहेको देखिन्छ ।

दैनिक संक्रमण पनि थोरैले घट्दो

पछिल्ला सात दिनयता दैनिक संक्रमित हुनेको संख्या पनि केही घटेको देखिन्छ । 

जेठ १३ गते (हिजो) देशभर २० हजार ९ सय ९२ जनाको संक्रमण परीक्षण गरिएको थियो । तीमध्ये ६ हजार ९सय ३९ जनमा संक्रमण पुष्टि भएको छ । यो कुल परीक्षणको ३३.०५ प्रतिशत हो ।

जेठ १२ गते (अस्ति) १९ हजार ३ सय ५२ जनाको संक्रमण परीक्षण गरिदा ६ हजार ७ सय १४ जनमा संक्रमण देखिएको थियो । यो कुल परीक्षणको ३४.६९ प्रतिशत हो ।

त्यस्तै जेठ ११ गते २२ हजार ९ सय ३६ जनाको संक्रमण परीक्षण गरिएको थियो जसमध्ये ८ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको थियो । यो कुल परीक्षणको ३७.६५ प्रतिशत हो ।

त्यस्तै कोरोना संक्रमण दर जेठ १० गते ३६.३० प्रतिशत, जेठ ९ गते ३९.७० प्रतिशत, जेठ ८ गते ४४.६६ प्रतिशत र जेठ ७ गते ३७.०५ प्रतिशत रहेको थियो ।

तत्काल न्युन मात्रामा संक्रमण घट्दो देखिए पनि अझैं केही समय सावधानी अपनाउन जरुरी रहेको देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ