arrow

भेरी अस्पतालको घटनाप्रति स्वास्थ्यकर्मी सङ्घ गण्डकीको आपत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
bheri-hospital-kutpit.jpg

पोखरा । बाँकेको भेरी अस्पतालमा भएको घटनाको नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशले आपत्ति एवं निन्दा गरेको छ ।

सङ्घका अध्यक्ष नारायण बरालले शुक्रवार विज्ञप्ति जारी गरेर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि बिहीबार राति भएको साङ्घातिक हमलाको भर्त्सना र निन्दा गरेको हो । 

जुनसुकै राजनीतिक दल तथा नेताहरूको आवरणमा होस वा अन्य कुनै पनि कारणले कोभिड १९ को यो महामारीमा जनताको सेवामा समर्पित स्वास्थ्यकर्मीमाथि भएको हमला निन्दनीय रहेको सङ्घले ठहर छ । 

कोरोनाको बेला उच्च मनोबलका साथ काम प्रति अझ प्रोत्साहन गर्नुपर्ने बेलमा उल्टै तिनै स्वास्थ्य जनशक्तिमाथि धावा बोल्नु आम नागरिकप्रतिको घात भएको सङ्घले जनाएको छ । साथै घटनामा दोषीलाई छिटो भन्दा छिटो पक्राउ गरी दोषीमाथि कडा कारबाही गर्न सङ्घले माग पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ