arrow

फास्टट्रयाकलाई ८ अर्ब १५ करोड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
fast-track-wortk-in-progres.jpg
फाइल तस्बिर

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौँ तराईं-मधेस द्रुत मार्गका लागि ८ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 
राष्ट्रिय गौरवको सो आयोजना हाल नेपाली सेनाले निर्माण गर्दै आइरहेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिवार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै द्रुत मार्गका लागि ८ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन्।

यो मार्ग तराइसँग काठमाडौँलाई जोड्ने सबै भन्दा छोटो दूरी ७२ दशमलव ५ किलोमिटरको हुनेछ। अर्थ मन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएकोसमेत बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ