arrow

सरकारले बजेटमार्फत जनता झुक्याउने काम गर्‍यो : डा.महत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
prakash-sharan-mahat1623315745.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसका सह महामन्त्री डा.प्रकाश शरण महतले सरकारले बजेटमार्फत फेरि जनता झुक्याउने काम गरेको बताएका छन्। उनले सरकारको आजको बजेट भाषणप्रति लक्षित गर्दै भनेका छन् तर सरकारका यी गफबाट जनता अब झुक्किने छैनन्।

अर्थमन्त्री विष्णु पौडेलको बजेट भाषण जारी रहेका बेला डा महतले फेसबुक मार्फत सो प्रतिक्रिया दिएका हुन्। उनले भनेका छन्, 'संसद् छलेर गैर संवैधानिक ढङ्गले सत्तामा निरन्तरता पाएको ओली सरकारल्रे रिसाएका जनताहरूलाई बजेट मार्फत सबै गर्छु भनेर फेरि एक पटक झुक्क्याउने प्रयास गरेको छ तर अब भने जनता कदापि झुकिन्नन्।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ