arrow

सशस्त्र प्रहरी र नेपाल प्रहरीको राशनभत्ता वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
biratnagar-police.jpg

काठमाडौं । सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीको राशनभत्ता वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि १५ प्रतिशत राशनभत्ता बढाउने घोषणा गरेका हुन् ।

केही समयअघि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशन भत्ता ३५ प्रतिशतसम्म वृद्धि गर्न सिफारिस गरेको थियो ।

यसैगरी सरकारले आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गर्दै सीमा सुरक्षाका लागि बोर्डर आउट पोष्ट (बिओपी) को संख्या पनि थप गर्ने निणर्य गरेको छ ।

सीमा सुरक्षाका लागि आगामी वर्षभित्र सशस्त्रका १२० वटा बिओपी थप गरिने अर्थमन्त्री पौडेलले बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ