arrow

एमालेको स्थायी कमिटी बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
CPN-UML-Flag.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। आइतबार साँझ बस्ने भनिएको बैठक सोमबारलाई सारिएको हो। नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले नेताहरूको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको बताए।

पछिल्लो राजनीतिक समीक्षा गर्ने गरी बोलाइएको बैठक आजलाई स्थगित गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई गाली गरिरहेका बेला आजलाई बैठक स्थगित गर्नु अर्थपूर्ण मानिएको छ।

पछिल्लो पटक ओलीले पार्टीको आचरण विपरीत कार्य गरेको भन्दै १२ एमाले सांसदलाई स्पष्टीकरण सोधेका छन्।

विरोध खतिवडा, यज्ञराज सुनुवार, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, नारायण खतिवडा, जीवनराम श्रेष्ठ लगायतलाई स्पष्टीकरण सोधेका छन् भने माधव नेपाल झलनाथ खनाल, भीम रावल लगायत ११ जनालाई पार्टीको साधारण सदस्यबाटै निष्कषण गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ