arrow

एमालेमा दोस्रो तहका नेताहरूको दौडधुप तीव्र

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ १८ मंगलबार
uml-sun-election-logo.jpg
फाइल तस्बिर

काठमाडौँ। एमालेभित्रको आन्तरिक विवाद समाधान गर्न दोस्रो तहका नेताहरूको दौडधुप जारी रहेको छ। सोमबार राती काठमाडौँको याक एन्ड यतीमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूबीच सघन छलफल भएको छ।

नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञावाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसालबीच सघन छलफल भएको थियो। उनीहरू राती तीन घण्टा याक एन्ड यति होटेलमा बसेर सघन छलफल गरेको उच्च सुरक्षा स्रोतको दाबी छ। स्रोतका अनुसार उनीहरू ८:३०मा पुगेर ११:३० मात्रै बाहिरिएका थिए।

माधव नेपाल समूहले नयाँ दल गठन गर्ने र ओली समूहले सांसदहरूको कारबाही प्रक्रिया अघि बढाइरहेका बेला उनीहरूबिच छलफल भएको हो। छलफलमा भीम रावल र शङ्कर पोखरेल भने सहभागी भएका थिएनन्।

शङ्कर पोखरेल दाङमै रहेको र रावल अलि उग्र भएका कारण उनीहरूलाई सहभागी नगराइएको स्रोतको दाबी छ। उनीहरूको बसाइपछि नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले आज बिहानै औशीको रातमा चाँदीको घेरा भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

आइतबार मात्रै माधव कुमार नेपालले गोकर्ण विष्टलाई ओलीसँगको छलफल चाँडो टुङ्ग्याउन निर्देशन दिएका थिए। आइतबार नेपालले सर्वोच्च अदालतको फैसलापछि नयाँ पार्टी खुल्न सक्ने सङ्केत गरेका थिए। उता ओलीले आइतबार सोमबार नपाल पक्षले पार्टीको ह्विप उल्लङ्घन गरेको अनुशासनहीन काम गरेको आरोप लगाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ