arrow

अब, कोरोना भेरिअन्टको नाम ग्रिक अक्षरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
world-health-organization-who.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसका नयाँ भेरिअन्टको नाम ग्रिक अक्षरमा राखेको छ । उच्चारण गर्न असहज, सम्झिन कठिन र कुनै एक देशमाथि आरोप लाग्ने स्थिति बन्न थालेपछि डब्लुएचओले अब, सबै भेरिअन्टको नाम ग्रिक अक्षरमा राख्ने घोषणा गरेको हो ।

सोमबार भएको यस्तो घोषणाले सुरुमा बेलायतमा भेटिएको भेरिअन्ट बी.१.१७ लाई अल्फा नाम दिएको छ । त्यस्तै दक्षिण अफ्रिकामा भेटिएको भेरिअन्ट बी.१.३५१ लाई बेटा नाम दिइएको छ । सुरुमा भारतमा भेटिएको बी.१.६१७.२ लाई डेल्टा नाम दिइएको छ ।  ब्राजिलमा भेटिएको नयाँ भाइरसलाई गामा नामाकरण गरिएको छ । 

ग्रिक बर्णमालाका २४ अक्षर सकिएपछि डब्लुएचओले अर्को श्रृखला अनुसार नाम राख्ने छ । क्यालिफोर्निया विश्वविद्यालय, स्यान फ्रान्सिस्कोकी संक्रामक रोग विशेषज् डा. मोनिका गान्धीले यो सकारात्मक भएको बताएकी छन् ।

वैज्ञानिक नाम स्मरण गर्न कठिन हुने भएका बेला यो नाम राख्दा स्मरण गर्न सहजे हुनेछ । त्यस्तै अर्को कुरा भनेको कुनै एक देशलाई आरोप लाग्न बाट जोगाउने छ ।

किनकि कुनै देशमा भेटिएको भेरिअन्ट सुरुमा त्यही देशमा मात्रै भेटिएको हो भन्ने पनि पुष्टि हुन सक्दैन । अन्य देशबाट सो देशमा पुगेको समेत हुनसक्छ । त्यसकारण अब, अन्य देशहरूले आफ्नो देशमा नयाँ भेरिअन्ट भेटिएमा सहजै बताउने स्थिति समेत बन्ने विश्वास गरिएको छ ।



नयाँ