arrow

एमाले विवाद : दोस्रो तहका नेताहरूको दौडधुप जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
uml-sun-election-logo.jpg
फाइल तस्बिर

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच संवाद गराउने कोसिसमा रहेका दोस्रो पुस्ताका नेताहरू मध्ये योगेश भट्टराईले महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलबिच एक घण्टा बढी कुराकानी भएको छ।

बुधवार दिउसो सिंहदरबारमा उनीहरूबिच छलफल भएको हो। दुई नेताबिच यसअघि पनि कुराकानी भएको थियो। दुवै नेताहरूकै कुराकानी कारण एक पटक ओली र नेपालबिच संवाद पनि भएको थियो। तर पछिल्लो समय एमालेबाटै निष्कासनमा परेका एमाले वरिष्ठ नेता माधव नेपालले क्रान्तिकारी पार्टी गठन गर्ने भन्दै आफू निकटका नेताहरूसँग छलफल गरिरहेका नेपाललाई फकाउन ओली समूह लागिरहेका बेला उनीहरू दुई जनाबिचको भेटघाटलाई अर्थपूर्ण रूपमा लिइएको छ।

एमालेमा माधव नेपाल नेतृत्वको असन्तुष्ट समूहतर्फ निकट रहेका भट्टराई केही समयदेखि अध्यक्ष तथा प्रधानमन्त्री ओलीतर्फ निकट बन्दै गइरहेको भए पनि ओलीको साथमा लागिसकेका भने छैनन्।

उनकै पहलमा विभिन्न चरणमा कुराकानी भइरहेको भए पनि वार्ताले सकारात्मक निकास भने पाउन सकेको छैन। आज बस्ने भनिएको स्थायी कमिटी बैठक समेत स्थगित भएका बेला भट्टराईले पोखरेलले भेटेर माधवकुमार नेपाललाई मनाउन आग्रह गरिएको बुझिएको छ।

‘भट्टराईले महासचिवलाई भेटेर माधव नेपाललाई पार्टीबाट बाहिर पठाउनु हुँदैन भन्नु भएको छ त्यस अनुसारको कोसिस हुन्छ’, पोखरेल नजिक एक नेताले भने। आजको स्थायी कमिटीको बैठक पनि नेपाल समूहका नेताहरूको आग्रहमा रोकिएको थियो। ‘गृहकार्य नपुगेकाले बैठक रोकिएको हो’, स्रोतले भन्यो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ