- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाहीको कबिलासीमा एक बालकको चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । बुधबार बाख्रा चराउन गएको बेला नुहाउने क्रममा भट्टाको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुत्यु हुनेमा सर्लाही कबिलासी ५ निवासी १० वर्षीय रजनिश कुमार मण्डल रहेको सर्लाही प्रहरीले जनाएको छ । स्थानीय लालबाबु रायले कबिलासी ८ मा संचालन गरेको चिम्नी भट्टामा नुहाउने क्रममा बालक डुबेको देखेपछि बालकलाई बाहिर निकाल्दा मुत्यु भैसकेको प्रहलेले जनाएको छ ।
जिल्ला अस्पतालमा पोष्टमार्टम गरी मृतकका काकाले शव बुझी लगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत मदन कुँवरले जानकारी दिए ।