arrow

म बेच्छु आफैलाई कतिमा किन्छौ भन 

logo
दिपेन्द्र पोखरेल,  
प्रकाशित २०७८ जेठ २० बिहिबार
dipendra-pokhrel.jpg

खै कति दिउँ तिमीलाई 
लिपुलेक दिएँ, कालापानी दिएँ  
मेरो देशको इमान दिएँ 
खोला दिएँ नदी दिएँ 
अझै के माग्छौ भन
तिमीलाई दिने मसँग धेरै छन्

त्यस्ता कुराहरु 
कुर्सी तिम्रै हो
त्यो पनि दिउँला
स्वाभिमान तिम्रै हो 
त्यो पनि दिउँला 
पहाड तिम्रै हो
त्यो पनि दिउँला
मधेश तिम्रै हो 
त्यो पनि दिउँला
म बेच्छु म आफैँलाई 
कतिमा किन्छौ भन ?
मेरो टोपी र दौरा सुरुवाल दिन्छु 
कतिमा किन्छौ भन ?
ढुङ्गा दिन्छु 
माटो दिन्छु 
चिन्ता नगर मित्र म तिमीलाई 
मेरो गौरबको शान चुरे दिन्छु 
सस्तोमा बिजुली दिन्छु  
महंगोमा मै किनिदिउँला 
चिन्ता नगर मित्र तिमी
तिम्रो इशारामै चलिदिउँला 
तिमीले उठ भने उठ
बस भने बस 
खोक्रो राष्ट्रवादको नारा लगाइदिउँला 
तिमी समुन्नत हुँदै जानु
म भासिदै जाउँला 
खै कति दिउँ तिमीलाई 
कतिमा किन्छौ भन ?
(नेपाल तरुण दल, क्षेत्रीय सदस्य, काठमाडौं क्षेत्र नं २)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ