arrow

अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र प्राविधिकहरुलाई सहयोग जुटाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
swastima-khadka.jpg

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले कोरोना र निषेधाज्ञाका कारण समस्यामा रहेका चलचित्र प्राविधिकहरुलाई सहयोग गर्न अभियान शुरुवात गरेकी छन् ।

इन्स्टाग्राममा एक भिडियोमार्फत कोरोनाका कारण कामविहीन भएर समस्यामा रहेका प्राविधिकहरुलाई सकेको सहयोग गर्न अपिल गरेकी हुन् ।

‘यतिबेला हामी असामान्य परिस्थितिमा छौं । यस्तो बेला सरकारको प्राथमिकतामा चलचित्र क्षेत्र पर्न सकेको छैन । कोरोनाका कारण अहिले चलचित्रहरु बनिरहेका छैनन् । जसले गर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या रहेको भन्ने समाचारहरु पढ्दा म निकै भावुक भएको छु ।’

स्वस्तिमाले स्पट ब्वाइहरु बढी समस्यामा परेको पनि जनाएकी छन् । आफू प्राविधिकहरुसँग नजिक रहेकाले सबैले सानो सहयोग गर्दा पनि ठूलो सहयोग पुग्ने उनले बताएकी छन् । करिब तीन सय प्राविधिक मध्ये सय जनालाई निकै ठूलो समस्या रहेको पनि उल्लेख गरेकी छन् ।  उनले प्राविधिकहरुलाई सहयोग गर्न ९८४१०१७७६४ नम्बरको इसेवा आइडीमा रकम पठाउन सकिने जानकारी गराएकी छन् ।

‘सबै प्राविधिकहरुलाई उस्तै समस्या नहुनसक्छ । विशेषगरी स्पट ब्वाईहरुलाई समस्या छ । उहाँहरुले थोरै पारिश्रमिकमा काम गर्नुहुन्छ । फिल्ममा काम गर्दा म उहाँहरुसँग एकदमै क्लोज पनि हुन्छु । उहाँहरुले हामीलाई बिहान उठाउनेदेखि चिया(खाना ल्याइदिनेसम्मको काम गर्नुहुन्छ । यो बेला हामीले उहाँहरुलाई सानो सहयोग गर्न सक्यौं भने पनि ठूलो हुन्छ,’ उनले भनेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ