arrow

गण्डकी अस्पतालको बन्द ओपिडी सेवा आइतबारदेखि सुचारु हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
gandaki-opd.jpg

पोखरा । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालको सबै सेवा आगामी आइतबारदेखि सुचारु हुने भएको छ । गण्डकी अस्पतालको नामबाट परिचित अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णयसँगै अघिल्लो सातादेखि बन्द भएको थियो । 

कोरोनाको उपचारका लागि ओपिडी सेवा सञ्चालनका लागि ओपिडी अन्तर्गतका सेवाहरू बन्द गरिएको प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए ।
यस अवधिमा अस्पतालका ओपिडीबाहेक अन्य सबै सेवा चालु अवस्थामै रहेको डा. खत्रीले जानकारी दिए । 

उनले कोभिड सङ्क्रमित उपचार गर्ने ठाउँको तयारी भइसकेको र आगामी आइतबारदेखि सबै सेवा सुचारु हुने बताए । 

अस्पतालका ओपडी सेवा केही दिन प्रभावित भएको भए पनि आइतबारदेखि सेवा सुचारु हुने र ढुक्क भएर सेवा दिन आउन उनले आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ