arrow

अत्यावश्यक सेवामा खटिएका २४ सय बढी सवारी साधनलाई सेवा पुर्‍याउँदै सिप्रदी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
sipradi-ambulence.jpg

काठमाडौँ। कोरोना सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको समयमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनहरूलाई सिप्रदीले सेवा पुर्‍याउँदै आइरहेको छ। हालसम्म खाद्यान्न, तरकारी, ग्याँस, पानी, वित्तीय कारोबारमा संलग्नसित, फोहोर व्यवस्थापन, सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवामा खटिएका २४ सय बढी सवारी साधनहरूलाई पूर्ण सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ।

आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग रहदैँ आएको र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप सेवा प्रदान गर्न तत्पर रहेको कम्पनीले जनाएको छ।

नेपाल सरकारद्वारा जारी गरिएका स्वास्थ्य र सुरक्षा सम्बन्धी सम्पूर्ण नियम पालना गरी कम्पनीले आधिकारिक बिक्रेता, सेवा केन्द्रहरू, सहकर्मी तथा कर्मचारीहरू को अथक साथले २४सै घण्टा अग्र भागमा खटिएका राष्ट्रका सेवकहरूलाई सेवा दिन तयार रहेको पनि जानकारी गराएको छ।

यसको साथै यस विषम परिस्थितिमा सिप्रदीले २४ विभिन्न स्थानबाट सेवाका लागि डेडिकेटेड अधिकारीहरू परिचालित गरेको र कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ (एनटिसी) वा ९८०१५७५७७७ (एनसेल) सम्पर्क गर्न अनुरोध गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ