arrow

दोस्रो डोज खोप नपाउँदा नागरिक चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
corona-vaccine-covid.jpg

सर्लाही । सर्लाहीमा कोरोना भाइरसको दोस्रो मात्रा सबैलाई लगाउन पुग्ने गरी नआउँदा पहिलो मात्रा खोप लगाएका नागरिक चिन्तित बनेका छन् । गत माघ १४ गते देखी २४ गतेसम्म र फागुन २ गते देखी ११ गतेसम्म पहिलो मात्रा खोप लगाएका ६ हजार ८२ जना मध्य ५ हजार २० जनाले वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रा खोप लगाएका छन् ।

 खोप लगाउन बाँकी रहेका १ हजार ६२ जनालाई खोप लगाउन जिल्ला अस्पतालले जेठ १९ गतेदेखि २४ गतेसम्मको तालिका निकालेर दोस्रो मात्रा खोप दिने अभियान सुरु गरेको थियो । तर बाँकी रहेका सबै नागरिकलाई पुग्ने गरी खोप प्राप्त नभएकाले उक्त अभियान सम्पन्न गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झाले बताए। 

वैशाखमा दोस्रो मात्रा खोप लगाउँदा पहिलो डोज बाहिरी जिल्लामा लगाएका नागरिकले समेत जिल्लामै खोप लगाउँदा जिल्लामै पहिलो डोज लगाएका बाँकी नागरिकहरूलाई खोपको दोस्रो मात्रा नपुगेको प्रमुख झाले जानकारी दिए । 

सर्लाहीमा पहिलो पटक माघ महिनामा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई प्राथमिकतामा राखेर कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप लगाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ