arrow

आयल निगमले इन्धनको मूल्य घटाएसँगै वायुसेवा निगमद्धारा हवाई भाडामा छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
nepal-airline-aa.jpeg

काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएसँगै नेपाल वायुसेवा निगमले हवाई भाडा घटाएको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशतले कटौती गरेसँगै नेपाल एयरलाइन्सले सोमबारदेखि लागू हुनेगरी मूल्य कटौती गरेको हो ।

नेपाल एयरलाइन्सले सोमबार एक विज्ञप्ति जारी गर्दै वाइड बडीको भाडा १३ प्रतिशत र न्यारो बडी विमानको भाडा १५ प्रतिशतले कटौती गरेको जनाएको छ ।

जसअनुसार वाइड बडी विमानको भाडा यसअघि कायम रहेको प्रतिघण्टा १५ हजार ५२० डलरबाट २ हजार ६० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा १३ हजार ४६० डलर कायम गरेको छ ।

साथै न्यारो बडीको भाडा प्रतिघण्टा ७ हजार ७१० डलरबाट १ हजार १३० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा ६ हजार ५८० डलर कायम गरेको छ ।

स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरुको गुनासोपछि भएको छलफलपछि प्राप्त सुझाव अनुसार आइतबार राति १२ बजेदेखि लागु हुने गरी हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ साविकको बिक्री मूल्य अमेरिकी डलर ८९३ प्रतिकिलो लिटरमा १७८ ले घटाई नयाँ बिक्री मूल्य अमेरिकी डलर ७१५ राखिएको आयाल निगमले जनाएको छ ।

आयल निगमले अन्तर्राष्ट्रिय हवाई भाडामा अधिकतम २० प्रतिशतसम्म मूल्य एकैपटक घटाएसँगै वायुसेवा निगमले समेत हवाई भाडामा समायोजन गरेको हो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार हवाई इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजार भन्दा नेपालमा केही महंगो भएपनि अहिले यो विषम परिस्थितिमा इन्धनको मूल्य २० प्रतिशतले कटौती हुँदा निगमलाई त्यस्तो तात्वीक असर पर्दैन ।

यसबाट नाफा मासिक डेढ करोडको हो । अर्कातर्फ महामारीका कारण निगमलाई पनि असर परेकै छ । पहिले नेपालमा इन्धनको दर महंगो हुँदा जहाज कम्पनीहरुले नेपालमा थोरैमात्र तेल किन्ने गरेका थिए । जहाँ बाहिर गयो त्यहीं तेल किन्ने गरेका थिए । तर अब भने भाउ घटाउँदा नेपालमै बढी तेल लिने अपेक्षा निगमको छ । पौडेलले यसबाट इन्धनको मूल्य घटाए पनि खपत बढी हुँदा नाफा नघट्ने तर्क गरेका छन् । 

उनले भने, ‘हवाई इन्धनको मूल्य घटाउँदा हाम्रो व्यापार बढ्छ, नाफा घट्दैन । त्यो भन्दा पनि अन्तर्राष्ट्रिय उडानमा भइरहेको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेका हौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ