arrow

स्वास्थ्यमा खेलबाड गर्नेलाई कारबाही हुन्छ : मन्त्री चौधरी

logo
कल्पना पौडेल,
प्रकाशित २०७३ असार १९ आइतबार
ram-janam-chaudhary.jpg.jpeg
काठमाडौँ । स्वास्थ्यमन्त्री रामजनम चौधरीले स्वास्थ्य संवेदनशील विषय भएकाले जनताको स्वास्थ्यसँग खेलबाड गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ । 
 
उहाँले रासससँगको कुराकानीमा आज संवेदनशील विषयमा नक्कली प्रमाणपत्र पेस गरेर सेवामा प्रवेश गर्नु लज्जास्पद भएको बताउँदै यसले बिरामीको स्वास्थ्य संस्था र बिरामीको उपचारमा संलग्न चिकित्सकप्रति अविश्वास बढाइरहेको बताउनुभयो । 
 
उहाँले अहिले थालिएको नक्कली प्रमाणपत्र छानबिनको प्रक्रियाले नवप्रवेशीलाई सतर्क बनाएको र आगामी दिनमा गलत बाटोमार्पmत आउनेलाई पनि रोक्ने विश्वास व्यक्त गर्नुभयो । नक्कली प्रमाणपत्रधारी चिकित्सकको कुरा चीनबाट चिकित्साशास्त्र पढेर आएका विद्यार्थी काउन्सिलको परीक्षामा अनुतीर्ण हुनथालेपछि छानबिनका लागि कुरा आउन थालेको उहाँको भनाइ छ । 
 
रासससँग कुरा गर्दै उहाँले भन्नुभयो—‘‘जतिबेला चीनबाट अध्ययन गरेर आएका विद्यार्थीले काउन्सिलको परीक्षा दिए, परीक्षामा उनीहरू फेल भए । काउन्सिलमा अर्काको परीक्षा दिँदै गरेको नक्कली विद्यार्थी फेला प¥यो, अनि मकहाँ कुरा आयो । मैले काउन्सिललाई छानबिन गर्न मौखिक स्वीकृति दिएँ ।” 
 
नेपालमै पढेर डाक्टर बनेकाको पनि प्रतिशत नपुगेकाले आफैँं सच्याएर श्रेणी थपेको पाइएको र छानबिनकै क्रममा ५०० चिकित्सकको प्रमाणपत्र हेर्दा झन्डै एक सयको नक्कली पाइएपछि यस विषयमा छानबिन सुरु गरिएको मन्त्री चौधरीले स्पष्ट पार्नुभयो । 
 
मन्त्री चौधरीले काउन्सिलको ऐनमा छानबिन गर्ने र कारबाही गर्ने सम्बन्धमा केही अधिकार उल्लेख नभएकाले त्यसैले छानबिनको प्रक्रिया सीआईबी मार्फत अगाडि बढाइएकोे बताउनुभयो । धेरैले चिकित्सकलाई कारबाही गर्ने तरिका गलत भयोभन्ने कुरा गरिरहेका छन् रु भन्ने जिज्ञासामा मन्त्री चौधरीले आफूकहाँ अहिलेसम्म यस्तो गुनासो नआएको उल्लेख गर्नुभयो । 
 
उहाँले भन्नुभयो—‘‘यो कुरा मकहाँ लिखितरूपमा आइपुगेको छैन । बाहिर हल्ला भएजस्तो गरी कारबाही भएको छैन । धेरै ठाउँमा सीआइबीले बोलाउँदा चिकित्सक आफैं गएका, प्रहरीकहाँ गएका पनि छन् । आफ्नो सवारी साधन नहुनेलाई मात्रै सीआइबीले गाडीमा राखेर लगेको हो । 
 
जनताको स्वास्थ्यसँग खेलबाड गर्ने कुनै पनि विषयलाई कारबाहीको दायरामा ल्याउने मन्त्री चौधरीले स्पष्ट पार्नुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ