arrow

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
sapath2.jpg

काठमाडौं । नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्री गरी आठ जनाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार नियुक्त भएका ७ मन्त्रीलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् । यस्तै एक राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराए ।

पद तथा गोपनीयताको सपथ लिनेहरुमा गृहमन्त्रीमा खगराज अधिकारी, यसैगरी संचार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, वन तथा वातावरणमन्त्री नारदमुनि राना, सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला शाह, विनाविभागीयमन्त्री मोहन बाँनिया र वन राज्यमन्त्री आशाकुमारी विकले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यी मन्त्रीहरुले सपथ लिएसँगै मन्त्रीपरिषद् २५ सदस्सीय बनेको छ । यसअघि मन्त्रीपरिषद् विस्तार गरेको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । सो मुद्दाको किनारा नलाग्दै प्रधानमन्त्री ओलीले पुनः मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ