arrow

दीपक मनाङ्गेले दिए राजीनामा, खुलाए प्रदेश सभामा उपस्थित नहुनुको कारण

logo
हरि पन्त, 
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
Deepak-Manange.jpeg
फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले पदबाट राजीनामा दिएका छन् । बिहीबार संसद्मा अनुपस्थित भएका मनाङ्गेले पदबाट राजीनामा दिएका हुन् । उनले बिहीबारबाट नै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त भएका छन् । त्यससँगै उनको मन्त्रिपरिषद्का सदस्यहरु पनि स्वतः पदमुक्त नै भएका छन् । तर पनि आफूलाई प्रहरीले पक्राउ गरेर दुःख दिन खोजेपछि मनाङ्गेले औपचारिक रुपमा पत्र लेखेर राजीनामा बुझाएका हुन् । 

उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा उनले आफू बिहीबारको संसद् बैठकमा अनुपस्थित हुनुको कारण पनि खुलाएका छन् । जसमा उनले विपक्षी गठबन्धनको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आफू बिहीबारको बैठकमा अनपुपस्थित भएको उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ